हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ : रेखा थापा

144

साझाट्युव : बैशाख ८, बुटवल।

आज बैशाख ८, बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् । राप्रपाले धेरै सपना नबाँड्ने र जनताको सरोकारको विषय मात्रै बोल्ने उनको भनाइ छ ।

‘यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नु भएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँको काखमा राखिदिन्छु’, उनले भनिन्, ‘तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।

थापाले सम्बोधन गर्दै भनिन् ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन । राप्रपाका जनप्रतिनिधिले काम गरेनन् भने म कारबाही गर्छु ।

उनले गणतन्त्रमा गाली गर्ने संस्कार मौलाएको भन्दै गाली गरेर पार्टी र देश बन्न नसक्ने बताइन् । उनले अहिलेको आवश्यकता सबै मिलेर राष्ट्र निर्माण गर्नु रहेको पनि बताइन् ।

उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाई छ ।

LEAVE A REPLY