हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

157

साझट्युब : ११ जेठ,काठमाडौं ।

७५३ स्थानीय तह अन्तर्गत हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

बिहान ९ बजे सम्म कांग्रेसले ३२४ पालिका जितेको छ । एमालेले २०३ पालिका जितेको भने माओवादीले १२१ पालिका जितेको छ ।

त्यसैगरी जनता समाजवादीले ३०, नेकपा एकिकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६, राप्रपाले ४ पालिका प्रमुख जितेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले ४, नागरिक उन्मुक्ति पार्टीले ४, जनमत पार्टीले २, नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तराई-मधेश लोकतान्त्रिक पार्टीले १ र विवेकशील साझा पार्टीले १ पालिका प्रमुख जितेका छन् ।

त्यस्तै स्वतन्त्रका १२ जनाले पालिका प्रमुख जितेका छन् ।

LEAVE A REPLY