हुम्लामा वर्षाका कारण मतदान सुरु हुन सकेको छैन

178

साझट्युब : ३० वैशाख, हुम्ला । हुम्लामा वर्षाका कारण तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।

निर्वाचन कार्यालयका बमिजिम वर्षाका कारण नाम्खा गाउँपालिकाकाे महाबाैद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश साथै स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।

चंखेली गाउँपालिका-५ मा डाँफे आधारभूत विद्यालय नेप्का अनि सर्केगाड गाउँपालिका- ८ काे अंशुवर्मा आधारभूत विद्यालयको मतदान केन्द्रमा भने मतदान जारी रहेको जिल्ला निर्वाचन का र्यालयले बताएको छ ।

LEAVE A REPLY