होली खेल्ने क्रममा घरबाट खस्दा किशोरी गम्भीर घाइते

370

साझाट्युव : चैत ३, काठमाडौं।
काठमाडौंको बौद्धमा होली खेल्दा-खेल्दै साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए अनुसार बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए भने उनी बिहीबार होली खेल्नका लागि आफन्तकोमा गएकी थिइन् ।

घटनाबारे मैनालीले ‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ भने ।

LEAVE A REPLY