११ वर्षको अन्तारल पछि एसी मिलानले उपाधि जित्यो

283

साझट्युब : ९ जेठ, काठमाडौं ।

एसी मिलानले ११ वर्षको अन्तारल पछि इटालियन सिरी ए फुटबलको उपाधि हात पारेको छ ।

गएको आइतबार राति भएको यस सिजनको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० ले पराजित गराउदै मिलान २०११-१२ पछि पहिलो पटक च्याम्पियन भएको छ । मिलानले समग्रमा १९औं पटक लिग उपाधि बिजयी भएको हो ।

मिलानले छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि परेको थियो । इन्टरले साम्पडोरियालाई ३-० ले नै पराजित गरेतापनि उपाधिलाइ रक्षा गर्न भने सकेन ।

एसी मिलानको बिजयिमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरेको थियो ।

बिजयापछि मिलानले ३८ खेलमा ८६ अंक जोड्दा इन्टरले ८४ अंक जोडेर दोस्रो स्थानमा लिग सकेको थियो।

LEAVE A REPLY