१ लाख ११ हजारको सामग्री राहत वितरण गर्दा २८ लाख ६८ हजार खर्च

194

साझाट्युव : ३०,काठमाडौं असार ।

बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दाखेरि खर्चभने २८ लाख ६८ हजार रुपैयाँ भएको छ ।

२०७७ साउन २६ मा सिन्धुपाल्चोकको लिदीमा पहिरो गएको क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोलीले १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री लिएर हेलिकप्टरबाट गएका थिए ।

महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार उक्त टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका थिए । जसको भाडा मात्र २५ लाख ६८ हजार रुपैयाँ भएको छ । त्यहि दिन अर्को एक निजी कम्पनीको हेलिकप्टर पनि ३ पटक प्रयोग गरेका थिए । यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्नको लागि २८ लाख ६८ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

 

LEAVE A REPLY