२४ घण्टाभित्र ७८१ जनामा कोरोना संक्रमण २ जनाको मृत्‍यु

234

साझाट्युव : २७ साउन, काठमाडौं ।

पछिल्लो २४ घण्टाभित्र ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४ हजार ७१२ जनामा परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गरेकोमा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको बताए ।

यससंगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त रहेका छन् ।

यसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा रहेका छन् ।

यसैगरी ८ जनाको भेन्टिलेरमा राखेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।

आज थपिएकोसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ रहेको छ ।

LEAVE A REPLY