३ व्यवसायी बिरुद्ध आयकर र भ्याट छलीको आरोपमा मुद्दा दायर

221

साझाट्युव : भदौ १९,काठमाडौं ।

राजश्व अनुसन्धान विभागद्वारा आयकर भ्याट छलीगरेको आरोपमा तीन जना व्यवसायी बिरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौंको स्थित बसुन्धारामा भएको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

 

त्यासैगरि ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ साथै राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको हो ।

मूल्य अभिबृद्धि साथै आयकर छल्नका निम्ति फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी रहेको छ । आरोपितहरुसित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागकोले बताएको छ ।

LEAVE A REPLY