५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

162

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका बिहीबारसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।

सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY