५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक जितपुरसिमराका मेयरको निर्णय

262

साझट्युब :९ जेठ,  बारा ।

जितपुरसिमरा उपमहानगरपालिकामा नवनिर्वाचित भएका प्रमुख राजन पौडेलले नगरभित्रका सामुदायिक विद्यालयमा भर्ना हुने १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गरेका छन् ।

आज शपथग्रहणसँगै पदभार ग्रहण गरेका पौडेलले ५ कक्षासम्मका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गरेका हुन् । शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएर बिजयी भएका उनले विद्यार्थीका निम्ति यस्तो निर्णय गरेका छन् ।

त्यस्तै यो निर्णयले नगरभित्र सामुदायिक विद्यालयमा अध्ययनरत १७ हजारभन्दा धेरै विद्यार्थी लाभान्वित हुने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले बताएको छ ।

सामुदायिक विद्यालयको आधारभूत स्थरमा सर्वसाधारणका बालबालिका अध्ययन गर्नेभएको हुँदा आफूले पहिलो निर्णय शिक्षासम्बन्धी गरेको पौडेलले जानकारी दिए । शिक्षा र स्वास्थ्यमा जितपुरसिमरालाई मोडेल बनाउन आफूले बनाएको खाकामा थप निर्णयहरू गर्दै जाने उनले बताए ।

गठबन्धनको तर्फदेखि र नेकपा माओवादी केन्द्रदेखि नगरप्रमुखमा निर्बाचित पौडेलले २०७४ को निर्वाचनमा पराजित भएका हुन् । भ्रष्टाचारमा पहिलो रहेको र कार्यसम्पादनमा अन्तिमदेखि दोस्रो भएको उपमहानगरमा शुसासन कायम गर्नु पौडेका निम्ति चुनौतीपूर्ण छ ।

LEAVE A REPLY