साझाट्युव : २१ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर मा ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कुल संख्या ३ हजार १ सय १२ जनाको को नमूना परीक्षण गरेकोमा १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनाकारी दिएका छन् ।
मंगलबार २० जना संक्रमित भएकाहरु संक्रमणमुक्त भईसकेका छन् भने देशभर ४ सय १ जनामा सक्रिय संक्रमित छन् ।
त्यसैगरी , २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले बताएको छ ।