साझाट्युव : २० असार, काठमाडौं ।
सोमबार दोस्रो दिन सेयर कारोबारको नेप्से परिसूचक ९.७५ अंकले ओरालो लागेको छ। सामान्य अंकले घटेको नेप्से कारोबार रकम आइतबारको तुलनामा वृद्धि भएको छ । २३४ कम्पनीको १ करोड ९ लाख ८१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा खरिद बिक्री भयो।
आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर दुई अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँमा खरिद बिक्री भएको थियो। सो दिन नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा बन्द गरेको थियो। नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.६८ अंकले घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको साढे १७ करोड बढी मूल्यको सेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको करिब १७ करोडको सेयर किनबेच गरी दोस्रो स्थानमा रह्यो।
आज कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१० प्रतिशतले बढेको छ।
सूचक ओरालो लागेपनि दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सीवाईसी लघुवित्त संस्था र ङादी ग्रुपको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।