साझाट्युव : २८ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीयत तहको निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभएता पनि परिचय खुल्नेगरि कुनै कागजात देखाएर भोट हाल्न पाउने भएका हुन् ।
आज आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताको परिचय खुल्ने कागजातदेखि मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको बताएका छ ।
तर मतदातामा नामावली भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउने भएका छन् ।
आयोगले जारी गरेका परिचयपत्र यात नेपाली नागरिकताको प्रमाण पत्र यात राष्ट्रिय परिचयपत्र वा राहदानी अथबी जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित नियकायलाई निर्देशन पठाइएको आयोगले बताएको छ ।
हेर्नुस् विज्ञप्ति