साझट्युब : २५ जेठ,नुवाकोट ।
नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धारको लागि ऊर्जामन्त्री पम्फा भुसालले नेपाली सेनालाई सहयोग गर्न आग्रह गरेकी हुन् । मन्त्री भुसालले विद्युत लाइनको जोखिमलाई ध्यानमा राखेर हेलिकप्टरदेखि भए पनि उनको उद्धार गर्न आग्रह गरेकी छन् ।
मन्त्री भुसालले प्रसारण लाइनमा हिँड्ने व्यक्तिको निम्ति उद्धारगर्नलाई नेपाली सेनालाई आग्रह गरेको कुरालाई सामाजिक सञ्जालमा लेखेकी हुन् | ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा हिडिरहेका ब्यक्तिको उद्धार गर्नलाइ मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यानमा राखेर हेलिकप्टरदेखि भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिनलाइ सम्बन्धित सबैमा आग्रह गर्दछु ।’
आज शनिबार बिहान ९ बजेदेखि बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडिरहेका हुन् । उनको उद्धारगर्न कठिनाई भएको छ । भने उनी मानसिक रोगी रहेको बुझिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार बिहान ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका थिए । त्यसलगतै प्रहरी र स्थानीय वासिन्दाले मिलेर हर प्रयास गर्दा पनि उनी तल झरना मानेका छैनन् ।
विक प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा दिएर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाहलाइ रोकेको हो । त्यसका निम्ति त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका छन् । ‘अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ । हाम्रो टोली हेलिकप्टरसहित स्ट्याण्डबाइ छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय भइरहेको छ’ उनले भने ।