अमेरिकामा सांगितिक कार्यक्रममा गोली प्रहारबाट एक जनाको मृत्यु,संगै प्रहरीसहित अरु पनि घाइते

176

साझाट्युव : ६ असार,काठमाडौं ।

 अमेरिकाको राजधानी वासिङ्टनडिसीमा एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ, भने प्रहरी लगायत थुप्रै घाइते भएका छन् ।

राष्ट्रपति भवन नजिक ह्वाटहाउसदेखि ३ किलोमिटरको दूरीमा भएको फोटिन्थ स्ट्रिट र यु स्ट्रिटमा सांगितिक कार्यक्रम भैरहेको समया आइतबार राति अज्ञात व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । गोली लागेर एक जना १५ वर्षिय किशोरकाे मृत्यु भएको छ, त्यस्तै एक प्रहरी अधिकारीसहित कार्यक्रमका दर्शकहरू समेत घाइते भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । घाइते प्रहरी अधिकृत लगायत तीन जना घाइतेलाई पनि अस्पताल पठाइएको प्रहरीले भनेका छन् ।

रेष्टुरा, बार र सपिङमलहरू भएको व्यस्त क्षेत्रमा अन्ध- धुँदा गोलीचलेपछि मानिसहरूमा भागदौड भएको थियो । घटनापश्चात प्रहरीले वरपरका त्यस क्षेत्रलाइ खाली गराएको छ। बालबालिका र वृद्धवृद्धाहरुलाई समेत घरबाहिर ननिस्कन भनेको छ । अमेरिकामा प्राय : गरेर प्रत्येक साता कँही न कँही गोली प्रहारका घटनाहरू भईरहेका छन् ।राष्ट्रपति जो बाइडेनले व्यक्तिले बन्दुक राख्न पाउने कानूनमा संशोधनका निम्ति प्रयास गरेतापनि त्याे सफल हुन सकेकाे छैन् ।

LEAVE A REPLY