चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

145

साझाट्युव : २६ असार, काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणको लागि आज काठमाडौं आउने भएका छन् ।

जियानचाओको नेपालमा चार दिनको भ्रमण रहन्ने छ, उनले राष्ट्रपति विद्यादेवी भण्डारी,लगायत प्रधानमन्त्री शेरबहादुर देउवा,त्यस्तै नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,साथै सभामुख अग्निप्रसाद सापकोटा सित भेटवार्ता गर्ने भएका छन् । भेटमा नेपाल–चीन सम्बन्धका अनि दुई पक्षीय हितका बारेमा छलफल हुने चिनियाँ दूतावास स्रोतले जाकारी दिएक छन् ।

गत जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी पाएपछि यो उनको पहिलो विदेश भ्रमण रहेको छ । उनको पहिलो विदेश भ्रमणको रोजाइमा नेपाललाइ रोज्नु अर्थपूर्ण देखिएको छ ।

स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । ‘चिनियाँ चासो आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनाएर जाउन भन्ने हो । त्यसका लागि पहिले पनि केही चरणमा अनौपचारिक संवादहरू भइसकेका छन्,’ स्रोतले भन्यो, ‘जियानचाओले नेपाल भ्रमणका क्रममा त्यसको वातावरण भए नभएको बुझ्ने हुनसक्छ ।’

नेपालमा अमेरिकाको प्रभाव बढिरहेको चिनियाँ पक्षलेमानेको छ । पछिल्लो समया अमेरिकी परियोजना एमसीसीको बिषयमा नेपालमा चर्को बहस हुँदा चिनियाँ पक्ष आरोप प्रत्यारोपमै उत्रिएका थिए । पछिल्लो समय अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय नेपाल सरकारले गर्दा समेत चीनले स्वागत गरेको थियो ।

हाल प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भईरहेको छ । त्यस अगाबै सीपीसीका विदेश विभाग प्रमुख नेपाल आउन लागेका छन् ।

 

LEAVE A REPLY