अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने

269

साझाट्युव : २६ असार, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फा को कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग एनएसएल लगायतका विषयमा छलफलका निम्ति कार्यसमिति बैठक आभाहन गारेको एन्फा महासचिव किरण राईले बताएका छन् ।

एनएसएल आयोजनाका निम्ति अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराएको छ । त्यस्तै ए डिभिजनका असन्तुष्ट रहेका चार क्लबले एन्फासित छलफल गर्दै एनएसएलसँगको सम्झौतालाइ रद्द गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ । यो विषयमा कार्यसमितिमा छलफल गरिनेछ ।

महासचिव राईले भने‘साउन २ गते कार्यसमिति बैठक बोलाएको छ । त्यस्तै साफ महिला च्याम्पियनसिप, एनएसएलका , केही पदाधिकारीहरुलाई नियुक्ति गर्ने विषयमा छलफल गरिनेछ ।

साफ महिला च्याम्पियनसिप नेपालमा आगामी भदौमा आयोजना गर्ने तय भएको छ। तर काठमाडौं वा बाहिर कहाँ गर्ने निर्णय भने भएको छैन । त्यसको टुङ्गो कार्यसमिति बैठक बाट हुनेछ ।

नेपली राष्ट्रिय महिला फुटबल टिम एसियन गेमको निम्ति प्रशिक्षणमा रहेका छन् । यसलाई अब साफ च्याम्पियनसिपको तयारीमा अघि बढाउने सम्भावना रहेको छ ।

पछिलो केही दिनअघि ए डिभिजनका चार क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटाले एन्फा पदाधिकारीलाई भेटेर एनएसएलसिताको सम्झौतालाइ रद्द गर्न सिफारिस गर्ने छलफल भएका थिए । त्यसलाई कार्यसमितको बैठकमा सिफारिस गरिनेछ साथै त्यस विषयमा छलफल गरिनेछ ।

 

LEAVE A REPLY