साझाट्युव : ३० असार, काठमाडौं ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीको सेेयर निष्काशन साथै बिक्री प्रबन्धक एनएमबि क्यापिटलद्वारा असार ३० गते, आज आईपीओ बाँडफाँट भएको छ ।
असार २० गतेदेखि २३ गतेसम्म कम्पनीले सर्वसाधारणका निम्ति प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारणका निम्ति सेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका निम्ति ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको निम्ति सुरक्षित राखेको थियो । अन्य बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका निम्ति सर्वसाधारणले आवेदन माग राखेको थियो ।
सो आईपीओका निम्ति १४ लाख ४६ हजार ९८५ जनाले आवेदन भरेका थिए। भने जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द गरेको छ । बाँकी १४ लाख ४५ हजार १९४ आवेदनको स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले बताएको छ ।
माग रहेको भन्दा पनि बढी आवेदन परेकोले स्वीकृत भएका आवेदकमध्ये धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावलीअनुसार १ लाख ८२ हजार ४७ आवेदकहरुलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरेको छ । यसरी बाँडफाँटपछि बाँकि रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ता भन्दा धेरैको आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्दैआइरहेको छ । त्यसैगरी सोलुखुम्बु मा नै २.८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण भईरहेको छ ।