बझाङमा एउटै रुखमा तिन जना झुन्डिएको अवस्थामा मृत

247

साझाट्युव : २५ साउन, बझाङ ।

बझाङमा एउटै घरका तीन जनाले झुन्डिएको स्थितिमा मृत फेला परेका छन्। बुङ्गल नगरपालिका-९ रारुमा एउटै परिवारका आमा, छोरी र छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

 

मृत भेटिनएकोमा पुष्कर पार्कीको २२ वर्षीया श्रीमती गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको प्रहरीले बताएको छ । घर नजिकै रहेको रुखमा झुन्डिएको स्थितिमा मृत फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थिले जानकारी दिए ।

 

मृतक गीता पार्कीका श्रीमान गए राति मात्रै भारतदेखि फर्किएको बताउँदै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

 

 

LEAVE A REPLY