प्रधानमन्त्री देउवाको शुभकामना शन्देशद्वारा होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त

395

साझाट्युव : चैत ३, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत उनले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताउदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।

कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रहसमेत गरेका छन् ।

LEAVE A REPLY