साझाट्युव : चैत ९,काठमाडौं ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने महाशाखाकाले जनाएको छ।
यसैगरी,बिहीबार देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै,शुक्रबार देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनुका साथै देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने महाशाखाकाले जनाएको छ।