इलाममा ४० बोरा छुर्पी प्रहरीद्वारा बरामद

158

साझाट्युव : चैत ९, इलाम।

प्रदेस १ अन्तर्गत इलाममा अवैधरूपमा ओसारपसार भइरहेको लगभग दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

इलामको रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गबाट यसरि १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाए अनुसार प्रदेश १-०१-००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको छ । प्रहरी चौकी किटेनीको टोलीले मङ्गलबार झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिप जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

सो जिपका चालक इलामको सूर्योदय नगरपालिका-२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY