साझाट्युव : चैत ९, एजेन्सी।
युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले यदि ‘गर या मर’को अन्तिम अवस्था आएमा परमाणु हतियारको प्रयोग गर्ने बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवद्वारा दिइएको अभिव्यक्तिमा परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने पनि बताएका छन् ।
समाचार च्यानल सीएनएनलाई मंगलबार दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई स्वीकार गर्दै अन्तरवार्ताको क्रममा उनले ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ’भने।
यसअघि रुसी राष्ट्रपति पुटिनले पनि परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।
तर, अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरुले फुकी रहेका थिए ।