सलमान खानको कार्यक्रम हेर्न हामि आतुर छौँ : मन्त्री आले

156

साझाट्युव : चैत ९, काठमाडौं।
संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानलाइ स्वागत गर्न र उनको कार्यक्रमलाइ हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् ।
काठमाडौको सोल्ठी होटलमा बुधबार आयोजित एक कार्यक्रममा मन्त्री आलेले यस्तो प्रतिक्रिया दिंदै बढी भन्दा मुलुकमा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले अझ यसमा नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा मन्त्री आलेले ‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न ,यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु । नेपाल सरकार पनि प्रतिवद्ध छ’ भने।

यसैगरी,आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा मन्त्री आलेले धन्यवाद पनिदिए ।
साथै,आलेले कार्यक्रमबारे आफुले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उहाँ सहभागी हुन इच्छुक रहेको पनि जानकारी दिए ।

LEAVE A REPLY