कालो सूचीमा सिफारिस गरिएका ५ कम्पनीहरुसँग सोधियो स्पष्टीकरण

314

साझाट्युव : चैत १०,काठमाडौं ।
कालो सूचीको सिफारिसमा पर्न गएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागेको छ ।

जसअन्तर्गत काम सन्तोषजनक नभएका अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई अनुगमन कार्यालयले स्पष्टीकरण सोधिएको हो ।

अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले, अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालिलाई सुर्खेतको चौकुने गाउँपालिकाले,बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए ।

LEAVE A REPLY