पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

372

साझाट्युव : चैत १०, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधि मानिएका एनातोली चुबाइसले पदबाट राजीनामा दिएका छन् ।

एक अनुभवी रुसी सुधारकको रुपमा परिचित रहेका उनले पदबाट राजीनामा दिएका हुन् । हाल रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने चुबाइस हालसम्मकै उच्च अधिकारी समेत हुन् ।

उनको राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रुपमा रुसी जलवायू दूतको रुपमा काम गरेका थिए ।

ब्लुमबर्गको एक रिपोर्टका अनुसार ६६ वर्षीय चुबाइस सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रुपमा पनि चिनिन्छन् । पुटिन सरकारसँग निकट रहेर काम गरेका उनले पश्चिमा देशका अधिकारीहरुसँग घनिष्ट सम्बन्ध बनाएका थिए । साथै,सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रुपमा पनि चुबाइस चिनिन्छन् ।

LEAVE A REPLY