सत्ता गठबन्धन निर्वाचनसम्म नै रहन्छ : प्रधानमन्त्री देउवा

211

साझाट्युव : चैत १०,तनहुँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म नै रहने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँले बिहीबार पार्टी कार्यालय दमौलीमा आयोजित कार्यक्रममा देउवाले गठबन्धन बारे यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गर्दै ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’ भने ।

यसैगरी,प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने भनाइ राख्दै ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’ पनि भने ।

साथै,उनले प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने समेत बताए । यो तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने पनि उनको भनाइ थियो ।

LEAVE A REPLY