देशभर थप ३५ जनामा कोरोना

198

साझाट्युव : चैत १०,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ५२६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै २६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल देशभर २२१९ जना सक्रिय संक्रमित रहेका छन् भने ८३२५३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY