अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

389

साझाट्युव : चैत १०,काठमाडौं।

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँद्वारा आदेश भएको छ ।

तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए अनुसार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनिविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी गरेको बताएपछि उनका बाबुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार रहेका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

LEAVE A REPLY