एनआरएनएको आकस्मिक बैठक आज बस्दै

135

साझाट्युव : चैत ११,एजेन्सी ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक आज शुक्रवार बस्ने भएको छ ।

संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले बताए ।

उनका अनुसार संघको ८३ औं बैठक १० औं महाधिवेशनको तयारीको बारेमा केन्द्रित रहने छ । आजको बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाही सम्बन्धमा समेत छलफल हुनेछ ।

साथै,बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेन्डा पनि प्रस्तुत हुनेछ ।

LEAVE A REPLY