निर्वाचन केन्दीय परिचालन समिति संयोजकमा खड्का

156

साझाट्युव : चैत १५ ,काठमाडौं ।
नेपाली कांग्रेसले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भनेर उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए अनुसार स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको हो।

सो समितिको सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्ने बताइएको छ ।

LEAVE A REPLY