चारवटा प्रदेशमा दुइ दिन वर्षा

295

साझाट्युव : चैत १६ ,काठमाडौं।
आज र भोलि दुइ दिन प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना छ ।मौसमविदले बताए अनुसार पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले जानकारी गराए अनुसार वर्षा क्षणिक र हल्का खालको हुने , बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै हट्ने छैन ।

उनले बताए अनुसार भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ भने मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने छ ।

हाल प्रिमनसुन अवधि जारी छ । यहि मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई नै प्रिमनसुन अवधि भनिन्छ । यसअवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन अनि चट्याङ बढी मात्रामा पर्छ । यसैकारण चट्याङबाट जोगिन पनि विशेष सावधानी अपनाउनु पर्ने मौसमविदको सुझाव समेत रहेको छ ।

LEAVE A REPLY