प्रधानमन्त्री देउवाले आज बिहान बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने

153

साझाट्युव : चैत १६ ,काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार बिहान सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिम्सटेक सम्मेलन आजबाट सुरु हुँदैछ भने परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए ।

मंगलबार मात्र मन्त्री खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

यो बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् भने सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ ।

यसको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY