सशस्त्र र नेपाल प्रहरीका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृहले अघि बढायो

259

साझाट्युव : चैत १६ ,काठमाडौं।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको पेन्सन अवधि घटाउने सम्बन्धको प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ ।

गृहका एक अधिकारीले बताए अनुसार दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव आज बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको हो।

यस्तै,प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । जसकालागि प्रहरी नियमावलीको निमय १३१ लाइ संशोधन गर्ने तयारी समेत छ ।

गृह मन्त्रालयका अधिकारीहरुले जानकारी गराए अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन भने २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख रहेको छ । यस्तै,नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरुको पेन्सन अवधि घटाएको थियो ।

LEAVE A REPLY