स्थानीय निर्वाचनबारे रणनीति बनाउनलाइ सत्ता गठबन्धनको बैठक आज बस्दै

358

साझाट्युव : चैत १७ ,काठमाडौं।
स्थानीय तह निर्वाचनबारे रणनीति बनाउनलाइ सत्ता गठबन्धन दलहरुको बैठक आज बिहीबार बस्दै छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे १० बजे बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताउदै उनले ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ, चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ’ भने।

३० वैशाखमा एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा रहेका छन् ।

सत्ता गठबन्धन भित्र रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय समेत गरिसकेका छन् ।जसमा महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताएका थिए ।

चितवनको कार्यक्रममा बोल्दै प्रचण्डले ‘ विहीबार हाम्रो गठबन्धनको बैठक बस्दैछ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं, तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ’ भने। तर,यससन्दर्भमा काँग्रेस नेता पौडेलले भने महानगरमा हुने तालमेलबारे आज नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताएका छन् ।

पौडेलले ‘पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ ? त्यो थाहा हुनुपर्यो । त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिन्छ’ भने । साथै,प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझि काँग्रेसले माथिमाथिबाट निर्णय नगर्ने उनको भनाइ रहेको छ ।

LEAVE A REPLY