साझाट्युव : चैत २, काठमाडौं ।
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतहरुलाई आज बिहिबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह कार्यक्रममा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।
बिहीबार बिहान मात्रै मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । यहि चैत १ गते गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिद्वारा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको थियो । सो सिफारिसलाइ मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
यस्तै,बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । तर, यसमा बढुवा उपरको उजुरी सुन्ने समितिले सिफारिस सदर नै गरेको थियो ।