बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि

245

साझाट्युव : चैत २, काठमाडौं ।

सुनको मूल्य आज बिहीबार सामान्य वृद्धि भएको छ ।

सुनचाँदी व्यसायी महासंघले जनाए अनुसार बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।

जसअन्तर्गत बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ९०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ९८ हजार ४०० रहेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ८०० थियो ।

यस्तै,बिहीबार चाँदीको मूल्यमा १० रुपैयाले घटेको छ। बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५० रुपैयाँमा कायम भएको छ ।
बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY