एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट पर्यो

248

साझाट्युव : चैत २, काठमाडौं ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने सरकारको आज बिहीबारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बढुवा नभएका डीआईजी ईश्वरबाबु कार्कीले वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको र गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको हो।

आज बिहीबार बिहान मात्रै बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने भएको छ ।

LEAVE A REPLY