हिन्दी फिल्मको हिरो हुँ, क्षेत्रीय फिल्म गर्दिन :जोन

247

साझाट्युव : चैत १८ ,काठमाडौं।

बलिउड स्टार अभिनेता जोन अब्राहमले अहिले फिल्म ‘अट्याक’को पहिलो श्रृंखला लिएर दर्शकमाझ आउँदैछन् । यो फिल्मका दुवै ट्रेलरले इन्टरनेटको दुनियाँमा सर्वाधिक चर्चा बटुलिरहेको छ ।

उनको यो फिल्मलाई सिनेमा हलमा हेर्न दर्शकहरु आतुर देखिन्छन् । आज शुक्रबार रिलिज हुने ‘अट्याक’को प्रचारप्रसारमा जोन फिल्मकी नायिकासँग दौडधूपमा लागिरहेका छन् ।

यसै फिल्मको प्रमोसनको दौरानमा जोनले दक्षिण भारतीय (साउथ) फिल्मका विषयमा पनि टिप्पणी गर्दै आफूले साउथ फिल्ममा अभिनय गर्न लागेको हल्लाको खण्डन समेत गरेका छन् ।

साउथ स्टार प्रभासको फिल्म ‘सालार’मा जोनले काम गर्न लागेको छ भन्ने चर्चाका विषयमा उनले ‘म कहिले पनि क्षेत्रीय फिल्ममा काम गर्नेछैन । म हिन्दी फिल्मको हिरो हुँ, यही रहनेछु । साउथ फिल्ममा सेकेन्ड लिड बनेर वा अरु बलिउडका कलाकारहरुले जस्तो काम गर्नेछैन ’ भने।

फिल्म ‘अट्याक’मा लक्ष्यराज आनन्दले निर्देशन गरेको छ भने यस फिल्ममा जोनका अलावा ज्याकलिन फर्नान्डेज, रकुल प्रीत सिंह, प्रकाश राज र रत्ना पाठक शाहको पनि प्रमुख भूमिका रहेको छ ।

LEAVE A REPLY