एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच बिहिबार भेटवार्ता

316

साझाट्युव : चैत १८ ,काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच बिहीबार राति भेटवार्ता भएको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए अनुसार नेपालगञ्जको स्नेहा होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको छ ।

प्रवक्ता श्रेष्ठले ‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ, एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ’ भने।

स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ भने राप्रपाका महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन् ।

LEAVE A REPLY