त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाउनु अपराध नै हो: अष्टलक्ष्मी शाक्य

285

साझाट्युव : चैत १८ ,काठमाडौं।
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाउनु अपराध हो भनेकी छिन् ।

काठमाडौमा शुक्रबार अनेरास्ववियुको भेलामा बोल्दै उनले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर जानु अपराध गरेको बताएकी हुन् ।

कार्यक्रममा उपाध्यक्ष शाक्यले ‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो, जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेर जानु यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’ भनिन् ।

LEAVE A REPLY