भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल हुँदै

159

साझाट्युव : चैत १९ ,काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकले लेखेको छ ।

हिजो शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मालगायत पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवले जानकारी गराए अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा पनि छलफल हुनेछ।

नेपाल-भारतबीच छलफलको सूची

• रासायनिक मल कारखाना स्थापना
• जीटुजी विधिबाट रासायनिक मल खरिद
• कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन
• कृषिमा प्राविधिक सहायता
• नश्ल सुधार गर्न मुर्रा राँगा आयात
• एकीकृत जाँचचौकी स्थापना
• खोरेत खोप उत्पादन

LEAVE A REPLY