तार्केश्वर उपमेयरमा माओवाद केन्द्रबाट बिना रानाको चर्चा

346

साझाट्युव : चैत १९ ,काठमाडौं।

तार्केश्वर उपमेयरमा नेकपा माओवाद केन्द्रबाट बिना रानाको चर्चा छ ।

निर्वाचन माहोल तातिरहेको समयमा कार्यकर्ताबाट माओवादी केन्द्रको तर्फबाट चर्चितको हिसाबले अनि महिलाहरुको हक हितमा लड्दै आएको र लैङ्गकि हिम्सा बिरुद्ध समाजमा ब्यबहरिक भुमिका खेलेको हिसाबले पनि उनको उम्मेद्बारी हुने बलियो संभावना रहेको माओवाद केन्द्र ता.न. पा. नगर सदश्य हरि बिडारिका बताउछन्।

यसैगरी,तार्केश्वरको प्रचारप्रसार बिभाग संयोजक रामसुदन फुयालले जानकारी गराए अनुसार ता.न. पा. को १,२,३,४,११ मा बिना राणाको संगठन राम्रो रहेको छ । गठबन्धन भए पनि नभए पनि बिनाकै उम्मेद्बारी रहने छ । अघिल्लो निर्वाचनमा तेश्रो भए पनि माथिल्लो भेगबाट बिना राणाको राम्रो मत आएको पनि उनले बताए । बिनाले जित्नु हुन्छ त भन्ने प्रस्नमा बिभाग संयोजक फुयालले ‘ अन्यको भन्दा बिना जि को १००० मत बढि आउछ । गठबन्धन भए १/३ मात्रैमा काङ्ग्रेसले भोट हाले अझ सहजै जितिने छ ‘ भने ।

LEAVE A REPLY