देशभर थप ११ जनामा कोरोना ,संक्रमितमध्ये काठमाडौं जिल्लाका ३ जना

372

साझाट्युव : चैत १९ ,काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौं जिल्लामा ३ जना रहेका छन् ।

दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९० रहेको छ भने हालसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।

यी संक्रमितमध्ये ९०२ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै, १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

LEAVE A REPLY