माओवादी केन्द्रद्वारा निर्वाचन लक्षित तेश्रो परिपत्र जारी

191

साझाट्युव : चैत १९ ,काठमाडौं।
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित गर्दै तेश्रो परिपत्र जारी समेत गरेको छ ।

यो पार्टीले शुक्रबार तेश्रो विशेष परिपत्र जारी गरेको हो । उक्त आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन भनि निर्देशन पनि दिइएको छ । बिहीबार मात्रै सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डद्वारा विशेष परिपत्र जारी गरिएको हो । सो परिपत्रमा उल्लेख गरिएको मापदण्डमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने छ ।

उम्मेदवार छनौटको मापदण्ड यसप्रकार छन् :
१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने

LEAVE A REPLY