लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई ओलीले आज अपराह्न ४ बजे सम्बोधन गर्ने

392

साझाट्युव : चैत २१ ,काठमाडौं।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्ने भएका छन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई अपराह्न ४ बजे ओलीले सम्बोधन गर्ने भएका हुन् ।

संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए अनुसार युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको हो ।

उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेको पनि दाहालले बताए ।

LEAVE A REPLY