भारतमा पेट्रोल–डिजेलको मूल्य लगातार वृद्धि

348

साझाट्युव : चैत २१ ,काठमाडौं। भारतमा पेट्रोल र डिजलको मूल्य सोमबार प्रति लिटरमा ४० पैसाले वृद्धि भएको छ । विगत २ सातामा पेट्रोल–डिजलको मूल्य प्रतिलिटर कुल ८.४० रुपैयाँ वृद्धि भइसकेको छ । सरकारी तेल कम्पनीले जारी गरेको सूचना अनुसार दिल्लीमा पेट्रोलको मूल्य अब १०३.८१ भारु कायम भएको छ । जबकी डिजलको मूल्य ९४.६७ रुपैयाँ प्रति लिटरबाट बढेर ९५.०७ भारु कायम भएको छ ।

यस्तै ,पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकारकातर्फबाट लगाइने करको आधारमा तय हुन्छ । प्रत्येक राज्यमा करको दर फरक हुने गर्छ र जसको मूल्यको अन्तर थोरै मात्र हुने गर्छ । २२ मार्चसम्म साढे ४ महिनाको लामो अन्तरालपछि मूल्यमा वृद्धि भएको छ र त्यतिबेलादेखि हालसम्म १२ औं वृद्धि भइसकेको छ ।

 

LEAVE A REPLY