स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरूका चुनावी नारा तय

367

साझाट्युव : चैत २१ ,काठमाडौं। स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरुले आ–आफ्नो नारा तय गरेका छन्।नेताहरु आगामी वैशाख ३० गते निर्वाचन हुने भएपछि मतदातालाई आकर्षित गर्न नाराहरू लिएर गाउँगाउँ छिरेका हुन्। नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ‘घरघर जाउँ काँग्रेसलाई जिताउँ’ भन्ने मुल नारा ल्याएको छ। सोही नारा लिएर काँग्रेस नेताहरु गाउँ गाउँ छिरेका छन्।

यसअघि माओवादी केन्द्रले स्थानीयतहमा सिंहदरबारको अधिकार गाउँ गाउँमा नारा लगाएको थियो । तर आगामी निर्वाचनमा ‘व्यवस्था बदल्यौँ अबस्था बदल्न माओवादी केन्द्रलाई भोट’ नारा ल्याएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र तत्कालिन माओवादीले जनयुद्ध मार्फत ल्याएको भन्दै अब जनताको जीवनस्तर बदल्न आफूलाई भोट दिनुपर्ने भन्दै नारा ल्याएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले ‘जनतामा जाँउ एकीकृत समाजवादीलाई जिताऔँ’ नारा ल्याएको छ। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पहिलो पटक स्थानीय तह निर्वाचनमा लक्षित गरेर चुनावी नारा ल्याएको हो।

तर, एमालेले भने स्थानीय तह चुनावलाई लक्षित गरेर चुनावी नारा ल्याइनसकेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। ‘स्थानीय तहमा पार्टीका साथीहरुले आ–आफ्नै तरिकाले नाराहरू ल्याइरहनु भएको छ’ रिजालले भने,‘तर, पार्टी केन्द्रले घोषणापत्रसँगै चुनावी नारा ल्याउने तयारी गर्दै छ। अब छिट्टै ल्याउँछौ।’

LEAVE A REPLY