नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले चुनावमा चन्दा नदिने घोषणा

329

साझाट्युव : चैत २१ ,काठमाडौं। नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरुले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको जानकारी दिएका छन् । उनीहरुले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

उनीहरुले बताए अनुसार आफ्ना कर्मचारी र साझेदारहरुप्रति लक्षित जबरजस्ती, त्रास वा धम्कीसमेत अस्वीकार्य हुने छ।

 

LEAVE A REPLY