अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ

350

साझाट्युव : चैत २१ ,काठमाडौं। अनलाइन बिङ्गो खेल्ने १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई ७४ हजार १५० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिङ्गो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ । प्रहरीले जनाए अनुसार घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY